

प्रतिनिधिसभा विघटनविरुद्ध परेका २९ रिट खारेज : संवैधानिक इजलास



काठमाडौं
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका २९ वटा रिट खारेज गरेको छ । बुधवार संवैधानिक इजलासले ‘रिट खारेज’ गर्ने फैसला गरेको हो ।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासले सो फैसला गरेको हो ।
जेठ ७ गते मध्यराति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
विघटनविरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवा सहित १ सय ४६ जना सांसदले रिट हालेका थिए । विघटन मुद्दामा कानुन व्यवसायीहरुले पिआइएल ९सार्वजनिक सरोकारको विषय प्रयोग गरेर सर्वोच्चमा २९ वटा रिट दायर गरेका थिए ।
सरोकारवाला शेरबहादुर देउवा सहितको निवेदनमा सुनुवाई भएर फैसला भैसकेको भन्दै संवैधानिक इजलासले अन्य रिट खारेज गरेको हो । सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ‘पिआईएलको पाटोलाई पनि सम्वोधन हुनुपर्ने’ जिकिर गरेका छन् ।
न्यायाधीश ईश्वर खतिवडाले इजलासमा पिआईएलको महत्त्वलाई स्वीकार गर्ने बताएका थिए । जेठ ७ मा राष्ट्रपतिले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी खारेज गरेर दोस्रोपटक प्रतिनिधिसभा विघटन गरिन् । सो कदम विरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता गरिएको थियो ।
जेठ ११ मा विघटन विरुद्ध र पक्षमा समेत गरि ३० वटा रिट दर्ता गरेर सर्वोच्चले सुनुवाई गरेको थियो ।
सुनुवाई शुरु भएको ३९ दिनमा काँग्रेस सभापति देउवाको रिटमा बहस सकिएको थियो । असार २८ मा संवैधानिक इजलासले ‘विघटन बदर’ गर्ने फैसला गर्दै शेरबहादुर देउवालाईप्रधानमन्त्री पदमा नियुक्त गर्न ‘परमादेश’जारी गरेको थियो ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया