

तालिबानको पत्रकार सम्मेलन : महिला अधिकारको सम्मान, सरकारी कर्मचारीलाई आममाफी

काठमाण्डाै
अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । गएराति काबुलमा भएको पत्रकार सम्मेलनमा तालिबानका नेताहरुले आफूहरुले कुनै पनि नागरिकलाई दु:ख दिन नचाहेको बताएका बीबीसीले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले दुई दशकको संघर्षपछि देशलाई विदेशीहरुको कब्जाबाट मुक्त गर्न सफल भएको र यो देशको लागि गर्वको विषय भएको बताउनुभएको छ । अफगानिस्तानलाई अब युद्धभूमि बनाउन नदिइने उल्लेख गर्दै प्रवक्ता मुजाहिदले आफूहरुविरुद्ध लागेका सबै सरकारी कर्मचारीलाई आममाफी दिएको बताउनुभयो ।
महिला अधिकारको सम्मान गर्ने तालिबानको भनाई छ । महिलाहरुले सरिया कानुन मान्नुपर्ने तर उनीहरुले डराउनुपर्ने कारण नरहेको बताउँदै प्रवक्ता मुजाहिदले महिलाहरुसँग काँधमा काँध मिलाएर अघि बढ्ने बताउनुभयो । आफूहरुले अब कुनै पनि शत्रु नचाहेको बताउँदै तालिबानले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चाहेको बताएका छन् । यस्तै तालिबानले आफ्नो सांस्कृतिक ढाँचा भित्र रहेर निजी क्षेत्रका सञ्चारमाध्यम निष्पक्ष र स्वतन्त्र हुन पाउनेमा पनि ढुक्क रहन आग्रह गरेको छ ।
तालिबानले नयाँ सरकार गठनको तयारी पनि गरिरहेको छ । पछिल्ला केही दिनको तुलनामा हिजो काबुलको अवस्था निकै शान्त भएको बीबीसीले जनाएको छ । तालिबानले नियन्त्रणमा लिएको तेस्रो दिन लडाकुहरूको व्यापक उपस्थिति रहे पनि राजधानी काबुलका सडकहरू शान्त देखिएका खबरमा उल्लेख छ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया