

दक्षिण कोरिया र अमेरिकाले सैन्य अभ्यासको मूल्य चुकाउनुपर्ने उत्तर कोरियाको चेतावनी



काठमाडौं
अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको मूल्य चुकाउनुपर्ने उत्तर कोरियाले चेतावनी दिएको छ । उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी तथा उत्तर कोरियाकी वरिष्ठ सरकारी अधिकारी किम यो जोङले मंगलबार उक्त चेतावनी दिएकी हुन् ।
अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यास उनीहरु आफ्नैलागि घातक हुने किम यो जोङको भनाइ छ । उनले सैन्य अभ्यासले उत्तर कोरियाका नागरिकको सुरक्षामा असर परेको र यसले कोरियाली प्रायद्वीपमा सुरक्षा संकट निम्त्याउन सक्ने बताएकी छिन् ।
यसअघि पनि उत्तर कोरियाले अमेरिकार दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोध गर्दै आएको थियो । उत्तर कोरियाले यस्तो चेतावनी दिएपछि नियमित हुने गरेको अन्तर कोरियाली हटलाइन कलको पनि उत्तर कोरियाले जवाफ दिएको छैन । लामो समयसम्म रोकिएको दुई मुलुकबीचको हटलाइन सेवा केही समयअघि मात्र सुरु भएको थियो । उनीहरुबीच दिनमा दुईपटक उनीहरुबीच वार्ता हुने गरेको छ ।
मंगलबार दक्षिण कोरिया र अमेरिकी सेनाबीच वार्षिक सैन्य अभ्यासको लागि प्रारम्भिक अभ्यास सुरु भएको थियो । आगामी साता ठूलो सैन्य अभ्यासको तयारी गरिएको छ ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले भने उत्तर कोरियाले चालेको कदमबारे जानकारी लिएर मात्र निष्कर्षमा पुग्ने बताएको छ ।
एजेन्सीहरुको सहयोगमा


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया