

गुल्मीमा पछिल्लो २४ घण्टामा थप १०२ जनामा काेराेना संक्रमण पुष्टि



गोकर्ण पाण्डे
गुल्मीमा पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पिसिआर परिक्षण गर्दा ३४ जना र एन्टिजेन परिक्षण गर्दा ६८ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।
रेसुङा नगरपालिकामा तीन जना, मुसिकाेट नगरपालिकामा १२ जना, मदाने गाउँपालिकामा पाँच जना, धुर्कोट गाउँपालिकामा सात जना, छत्रकाेट गाउँपालिकामा २४ जना,गुल्मीदरबार गाउँपालिकामा सात जना, रुरुक्षेत्र गाउँपालिकामा सता जना, मालिका गाउँपालिकामा नौ जना, सत्यवति गाउँपालिकामा २६ जना, कालीगण्डकी गाउँपालिकामा एक जना,इस्मा गाउँपालिकामा एक जना गरि १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ५६७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८० जना काेराेना संक्रमण मुक्त भएका छन्। अहिले सम्म कुल चार हजार चार सय ६१ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ। पछिल्लो २४ घण्टामा एक जनाकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाकाे मुसिकाेट नगरपालिका वडा नम्बर ५ का ६२ वर्षिय पुरुषकाे मृत्यु भएको हाे। याे सगै गुल्मीमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे सख्या ९४ पुगेकाे छ।


खबर सबै
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया