

गुल्मीमा पछिल्लो २४ घण्टामा थप १०२ जनामा काेराेना संक्रमण पुष्टि


गोकर्ण पाण्डे
गुल्मीमा पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पिसिआर परिक्षण गर्दा ३४ जना र एन्टिजेन परिक्षण गर्दा ६८ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।
रेसुङा नगरपालिकामा तीन जना, मुसिकाेट नगरपालिकामा १२ जना, मदाने गाउँपालिकामा पाँच जना, धुर्कोट गाउँपालिकामा सात जना, छत्रकाेट गाउँपालिकामा २४ जना,गुल्मीदरबार गाउँपालिकामा सात जना, रुरुक्षेत्र गाउँपालिकामा सता जना, मालिका गाउँपालिकामा नौ जना, सत्यवति गाउँपालिकामा २६ जना, कालीगण्डकी गाउँपालिकामा एक जना,इस्मा गाउँपालिकामा एक जना गरि १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ५६७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८० जना काेराेना संक्रमण मुक्त भएका छन्। अहिले सम्म कुल चार हजार चार सय ६१ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ। पछिल्लो २४ घण्टामा एक जनाकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाकाे मुसिकाेट नगरपालिका वडा नम्बर ५ का ६२ वर्षिय पुरुषकाे मृत्यु भएको हाे। याे सगै गुल्मीमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे सख्या ९४ पुगेकाे छ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया