

अफगानिस्तान : तालिबान र सरकारबीचको द्वन्द्वमा परि तीन दिनमा २७ बालबालिकाकाे ज्यान गयाे



काठमाण्डाै
अफगानिस्तानमा तालिबान र सरकारी सेनाबीचको द्वन्द्वमा परि तीन दिनमा २७ बालबालिकाकाे ज्यान गएकाे छ । विगत तीन दिनमा १ सय ३६ जनाभन्दा धेरै बालबालिका घाइते भएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ।
संयुक्त राष्ट्रसङ्घले द्वन्द्वमा परि महिला र बालबालिका बढी जोखिममा परेकाे जनाएकाे छ । राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसा बढेको र यसले स्तब्ध बनाएको जनाएको छ । कतिपय क्षेत्रबाट हजारौँ नागरिक घर छाडेर राजधानी काबुल गइरहेका छन् ।
घर छोड्न बाध्य परिवारका बालबालिका खुला आकाशमुनी सुत्न बाध्य भएको युनिसेफ अफगानिस्तानका समान्थ मोर्तलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । साथै तालिबान विद्रोहीले महिला र बालबालिकालाई बन्धक बनाएको खबरमा उल्लेख छ ।
तालिबानले शुक्रवारयता अफगानिस्तानमा ५ वटा क्षेत्रीय राजधानीमा कब्जा जमाइसकेको छ । अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया