

बाणगंगाको रामदतिवन धामको कार्ययोजना निर्माणका लागि अन्तरक्रिया



राजेन्द्र खनाल, भलवाड ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित राम दतिवन धामको औपचारीक दर्ता प्रक्रिया पुरा भए सँगै शनिबार धामको आगामी कार्ययोजना निर्माणका लागि अन्तरक्रिया गरिएको छ । वडा नम्बर ९ भलवाड स्थित पडरिया कुटीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले बाणगंगा नगरपालिकाको धार्मिक पहिचान बोकेको रामदतिवनमा पछिल्लो समय भने विकृती र विसंगती बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष धुव्र बेल्वासेले अहिलेको सन्दर्भमा सो धामको तारो आफु बनेको भन्दै आफुमाथि आक्रमणको समेत प्रयास भएको बताउनुभयो । धामलाई विधिवत रुपमा दर्ता गरी एक धार्मिक संस्थाको रुपमा संचालन गर्नुपर्ने विषयमा जोड दिदाँ यस विरुद्ध केही मानिस आफुमाथि खनिएको बताउनुभयो । धामलाई व्यवस्थित गर्न खोजिएको र विधिवत संचालन गर्न खोजिएको भन्दै वडा अध्यक्ष बेल्वासेले बुझेका मानिसले धामको इतिहास बारे अध्ययन गर्न आवश्यक रहेको बतउनुभयो । वडा नम्बर ९ को पहिचान सँग जोडिएको धामको विकासका लागि वडाको तर्फबाट अनेक प्रयास भईरहेको र आगमी दिनमा पनि नयाँ योजना साथ काम गरिने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्था भलवाडका अध्यक्ष कुमारमधु बेल्वासेले संस्थाको विकासका लागि नयाँ कार्यसमितिले नयाँ याजना साथ काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले संस्थाको बृहत्तर विकासका लागी सदस्यता वितरण र विस्तार सहित आजिवन सदस्यता थप गर्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा कोईलीचौर सामुदायिक वनका अध्यक्ष हरिराज घिमिरेले धामको स्वामित्व कुनै एक व्यक्तिको मात्रै नभई सबैको साझा संस्थाको रुपमा लैजानुपर्ने बताउनुभयो । धामको संरक्षणका लागि र त्यहाँको समग्र पक्षको विकासका लागि आगामी योजनाले थप मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा रामदतिवन धामका अध्यक्ष चुरामणी अर्यालले आधिकारीक रुपमा धामलाई दर्ता प्रक्रिया पुरा गरिएकाले अब योजनाबद्ध काम गरिने बताउनुभएको छ । भोलेबाबा र उनको परिवारको मात्रै वर्चश्व रहेको धाममा अब सामाजिक स्वामित्व रहने गरी धामको विकास गर्न सकिने बताउनुभयो । केही दिनमा नयाँ योजना सहित साधारणसभा मार्फत धामलाई अगाडि लैजाने तयारी गरिएको पनि अर्यालले जानकारी गराउनुभएको छ ।
कार्यक्रममा धामका अध्यक्ष अर्यालको अध्यक्षता सहित वडा अध्यक्ष धुव्र वेल्वासेको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै विभिन्न संघ संस्था र धामसम्बद्ध सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा आगामी योजनाका लागि छलफल गरिएको धामका सचिव प्रेमनाराण पाण्डेले जानकारी दिनुभएको छ ।
यसैबिच राम दतिवन धामको आधिकारीकता सँगै चुरामणी अर्यालको नेतृत्व रहने गरी नयाँ कार्यसमितिलाई पूर्णता दिइएको छ । अर्यालको अध्यक्षता सहित सो समितिमा ऋषिकेष पोख्रेल, प्रेमनारायण पाण्डे, दिनेश कार्की, यदुनाथ शर्मा, कमल बेल्वासे, चन्द्रावती थारु, मञ्जु भुषाल,शेषकान्त खनाल लगाएतको समिति गठन गरिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया