

गुल्मीमा तपाईंको मास्क खै अभियान सुरु


गोकर्ण पाण्डे,गुल्मी । गुल्मीमा ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको छ।कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै याे अभियान शुरु गरिएको हाे।जिल्ला प्रशासन कार्यालय गुल्मीले अभियान सुरु गरेको हो ।
कोभिड-१९ को जोखिम बढेको भन्दै गुल्मीमा प्रशासनको अगुवाइमा जिल्ला समन्वय प्रमुख, सुरक्षा निकाय,जिल्लास्थित राजनीतिक दलका प्रमुख विभिन्न कार्यालय तथा सरोकारवालाहरुको अगुवाइमा तपाईंको मास्क खै,काेराेनाकाे माहामारि बाट आफू पनि बचौ अरुलाई पनि बचाऔ, माक्सकाे अनिवार्य रूपमा प्रयाेग गरौ, प्ले कार्ड सहित बजार परिक्रमा गरिएको छ ।
बजारक्षेत्रमा सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाएको गुल्मी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।
मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतमुलक कार्यक्रम गरिएको शर्माले बताइन् ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया