

अफगानिस्तानका प्रमुख तीन शहर नियन्त्रणमा लिने प्रयासमा तालिबान, भिडन्त जारी





एजेन्सी
अफगानिस्तानका प्रमुख तीन शहरहरुमा तालिबान लडाकु र सरकारी सेनाबिच भिडन्त तीव्र गतिमा बिस्तार भइरहेको छ । दक्षिण तथा पश्चिमी क्षेत्रका प्रमुख तीन शहरमा भिडन्त भइरहेको हो ।
सरकारी सेनाबाट खोसेर ती शहरहरु आफ्नो नियन्त्रणमा लिने प्रयासमा तालिबान लडाकु रहेका छन् । हेरात, लश्कर गाह र कान्दाहर शहर कब्जामा लिने प्रयासमा तालिबान लडाकु सरकारी सेनासँग भिडन्तामा छन् ।
अमेरिकीसहितका अधिकांश विदेशी सैनिकहरु सेप्टेम्बरको अन्त्यसम्ममा फिर्ता हुने घोषणासँग तालिबानले ग्रामीण क्षेत्रहरुमा आफ्नो पकड तीव्र रुपमा बिस्तार गरेको छ ।
तर प्रमुख शहरहरुमा भने अझै पनि सरकारी सेनाको नियन्त्रण छ । यी शहरहरु नियन्त्रणका लागि तालिबानका तर्फबाट हुने प्रयास र रोक्नका लागि सरकारी सुरक्षाबलले गर्ने प्रतिकारका कारण गम्भीर मानवीय संकट आउन सक्ने भन्दै चासो र चिन्ता व्यक्त भएको छ ।
सरकारी सेनाले तालिबान लडाकुलाई कति लामो समयसम्म रोक्न सक्ने छन् भन्ने पनि चासोको विषय रहेको छ । तालिबानले अफगानिस्तानको आधा क्षेत्र आफ्नो नियन्त्रणमा लिएको ठानिन्छ । इरान र पाकिस्तानसँगका प्रमुख सीमा क्षेत्रसहित ग्रामीण क्षेत्र तालिबानको कब्जामा छ ।

लश्कर गाहमा तालिबान बिद्रोहीहरु शनिबार गभर्नरको कार्यालयबाट केही सय मिटर पर मात्रै थिए । तर रातको समयमा उनीहरुलाई पछि हटाउन सरकारी सेना सफल भएको छ ।
पछिल्ला केही दिनहरुमा तालिबानले दोस्रोपटक शहर नियन्त्रणमा लिने प्रयास गरेको हो । अफगान सेनाका कमाण्डरले तालिबानको पक्षमा आफूहरुले शुक्रबार ठूलो क्षति गर्न सफल भएको बताएका थिए ।
अमेरिकाले आफ्ना सैनिक अगस्टको अन्त्यसम्ममा पूर्ण रुपमा फिर्ता गर्ने बताएको छ र सो अनुसार काम पनि भइरहेको छ । यस्तै नेटो अन्तर्गतका विदेशी सैनिकहरु पनि सेप्टेम्बर ११ सम्ममा फिर्ता हुने छन् ।
तालिबानले नियन्त्रण बढाउँदै लगेको तथा भिडन्त बढ्दै जाँदा अफगानिस्तानको अवस्था थप अस्थिर हुने भन्दै चासो र चिन्ता व्यक्त हुँदै आएको छ ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया