

रोल्पामा बोक्सीको आरोप लगाउने धामीसहित ३ जना पक्राउ



रोल्पा । रोल्पामा बोक्सीको आरोप लगाउने धामीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोक्सीको आरोप लगाउँदै आफूलाई कुटपिट गरेको भन्दै एक युवतीले प्रहरीमा निवेदन दिएपछि सुनिलस्मृति गाउँपालिका वडा नं। ६ का २६ वर्षिय धामी राहुल सुनार, रोल्पा नगरपालिका वडा नं। ४ का ४५ वर्षीषा चुना कुमारी सेन र २२ वर्षीषा सीता सेनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
रोल्पा नगरपालिका १० धबाङ मा घर भई लिबाङमा डेरा गरी बस्ने २६ वर्षिय महिलाले आफूलाई बोक्सी भन्दै साउन ६ गते करिव ६ बजेतिर कोठामा आई कुटपिट गरेको भन्दै ११ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । पीडित महिलाले आफूलाई धामी राहुलले फोनबाट पनि धम्काएको र पछि चुना, सीता सेनसहितको टोलीले कोठामा आई कुटपिट गरेको बताएकी छिन् ।
बोक्सीको आरोप लगाएर धामीसहितकाले कोठामै पुगेर कुटपिट गरेपछि उजुरी आएकोमा आरोपितहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए । धामीले बोक्सीको आरोपमा कुटपिट गर्ने काम जघन्य अपराध मानिन्छ । यस्ता घटनाहरु गाउँमा धेरै हुने गरेकोमा गाउँमै मिलाउने समेत गरिएको पाइन्छ । धरेन्द्र डाँगीले राजधानी दैनिकमा यो खबर लेख्नुभएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया