

अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने



काठमाण्डाै
अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकु सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताउनुभएको छ ।
अमेरिकाकाे भ्रमणमा रहेका इराकका प्रधानमन्त्री मुस्ताफा अल–खादिमीसँग ह्वाइटहाउसमा भएको भेटवार्तामा बाइडेनले अमेरिकी सैनिक फिर्ता बोलाउनेबारे जानकारी गराउनु भएको बीबीसी हिन्दीमा उल्लेख छ । तर, उहाँले थोरै सङ्ख्यामा अमेरिकी सेना इराकमा रही त्यहाँका सैनिकलाई तालिम दिने व्यवस्था मिलाउने बताउनु भएको छ ।
बाइडेनको यस घोषणाको इराकका प्रधानमन्त्री मुस्ताफाले स्वागत गर्नुभएको छ । मुस्ताफाले अमेरिकी सेनाले परिचालन नभइ इराकी सेनालाई सुरक्षा सामग्री र तालिम दिने लगायतका विषयमा मात्रै सहयोग दिँदा राम्रो हुने बताउनु भएको छ ।
अहिले इराकमा करिब २५ सय बढी अमेरिकी सैनिक रहेका छन् । अमेरिकी सैनिकले इस्लामिक स्टेट नामको आतङ्ककारी समूहविरुद्ध लड्न इराकी सेनालाई मद्दत गर्दै आएका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया