

भलवाडको राम आधारभूत विद्यालयमा सियूजी कक्षा संचालन गरिदैँ



कपिलवस्तु ।।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित श्रीराम आधारभूत विद्यालयले सियुजी कक्षा संचालनका लागि तयारी थालेको छ । कोरोना महामारिका कारण विद्यार्थीहरुको भौतिक उपस्थितीमा कक्षाहरु संचाल गर्ने अवस्था नभएका कारण विद्यालयले नेपाल टेलिकमको सियूजी सिमकार्ड विद्यार्थीहरुलाई वितरण गरी सोही माध्यमबाट बैकल्पिक कक्षा संचालन गर्ने तयारी थालेको हो । सो बारे आज एक कार्यक्रममार्फत सरोकारवाला सम्बद्ध व्यक्तिहरुलाई जानकारी प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक ओमलाल गिरीले जानकारी दिनुभयो ।
यस्तै सोही कार्यक्रम मार्फत केही साता अघि लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत सामाजिक विकास डिभिजन कार्यालयबाट कपिलवस्तुमा आधारभूत तहमा जिल्लमै उत्कृष्ट शिक्षकको रुपमा सम्मानित हुनुभएका विद्यालयका प्रधानाध्यापक ओमलाल गिरीलाई व्यवस्थापन समितिले सम्मान पनि गरेको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०७७÷०७८ मा विद्यालयमा निर्माण सम्पन्न भएका आयोजनाको आर्थिक विवरण समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष धुव्र वेल्वासेले विद्यालयको समग्र पक्ष राम्रो भएका कारण प्रदेश सरकारले उत्कृष्टता सूचकमा राखेको बताउनुभयो । विद्यालयलाई अझ उत्कृष्ट बनाउन अझै धेरै काम गर्नुपर्ने भन्दै उहाँले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी, व्यवस्थापन समिति लगाएत सबै पक्षको भुमिका महत्वपूर्ण हुने पनि बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी अर्यालको अध्यक्ष्ता रहेको कार्यक्रममा भलवाड स्वास्थ्य चौकी प्रमुख जितविकास रायमाझी, पत्रकार बाबुराम रायमाझी, प्रेमनाराण पाण्डे लगाएतले सम्बोधन गर्नुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको छ । सियुजी कक्षा संचालनको अवधारणाबारे प्रधानाध्यापक ओमलाल गिरीले सहभागीहरुलाई जानकारी प्रदान गर्नुभएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया