

पश्चिमी हेरात प्रान्त पुनः आफ्नो नियन्त्रणमा आएको अफगान सरकारको दाबी



काठमाण्डाै
पश्चिमी हेरात प्रान्त पुनः आफ्नो नियन्त्रणमा आएको अफगानिस्तान सरकारले दाबी गरेको छ ।
सरकारी सेनाले हेरात प्रान्तको कारुख जिल्लालाई पुनः कब्जा गरेको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले पुनः कब्जा गर्ने क्रममा भएको कारबाहीमा १८ तालिबान लडाकु मारिनुको साथै अरु २० जना घाइते भएका पनि विज्ञप्तिमा भनिएको छ ।
एक महिनायता हेरात प्रान्तका केही जिल्लामा कब्जा गरेका अफगान तालिबान समूहले कारुख जिल्लाको अवस्थाबारे अहिलेसम्म प्रतिक्रिया जनाएको छैन ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता सुरु भएदेखि नै तालिबानी समूहले ओगटेका सबै जिल्ला फिर्ता गर्न सरकारी सेनाले कारबाही सुरु गर्ने अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले बताउनुभएको छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया