

अमेरिका र बेलायतद्वारा चीनमाथि साइबर आक्रमणको आरोप



काठमाण्डाै
अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दाबी गरेका छन् ।
साइबर आक्रमण माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको र आक्रमणपछि कम्तीमा ३० हजार सर्भरहरु प्रभावित भएका अमेरिका र बेलायतको भनाइ छ ।
बेलायती विदेशमन्त्री डोमिनक राबले चीनले यसअघि पनि यस्ता कामहरु गर्दै आएको र अहिले गम्भीर साइबर आक्रमण गराएको बताउनुभएको छ ।
बेलायती विदेश मन्त्रालय तथा युरोपियन युनियनले पनि साइबर आक्रमण चिनियाँ क्षेत्रबाटै भएको आरोप लगाएको बीबीसीले जनाएको छ ।
अमेरिका, बेलायत र युरोपियन युनियनले चिनियाँ रक्षा मन्त्रालयले समेत जासुसी गर्दै आएको आरोप लगाएका छन् । यो आरोपपछि चीन र पश्चिमा देशबीच तनाव बढ्न सक्ने सङ्केत देखिएको छ ।
चीनले साइबर आक्रमणका यसअघिका आरोपलाई अस्वीकार गर्दै आएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया