

साउन १० गतेसम्म गुल्मीमा निषेधाज्ञा थपियाे


गोकर्ण पाण्डे /गुल्मी
जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि साउन १० गते राती १२ बजे सम्म लम्बाउने निर्णय भएको छ।
समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले जनाएकाे छ। यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ। निषेधाज्ञाकाे समय अबधि भर पसलहरु बिहान ७ बजे देखि दिउँसो ४ बजे सम्म खेल्न पाइने भएको छ।
त्यस अघि पसल व्यवसायहरु विहान ७ बजेदेखि १ बजेसम्म खुल्दै आएको थियो।यस्तै जिल्ला भित्र निर्माण सामाग्री बाेक्ने जिप,टिपर,ट्याक्टर र पुस्तक तथा कृषि जन्य पदार्थ सुरक्षा सामधानी अपनाएर चल्न पाउने भएका छन्।
सर्बजनिक सवारी साधानहरु जाेर बिजाेड प्रणाली लागू गरि जिल्ला भित्र सञ्चालन गर्ने पाउने भएका छन्।
निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ। यस अघि थप गरिएको निषेधाज्ञाकाे समय आज राति १२ बजे सकिदै छ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया