

२०८ औँ भानु जयन्ती, साहित्य चौतारी कपिलधाममा आदिकविको सम्झना



भलवाड ।
आज २०८ औँ भानु जयन्ती । कपिलवस्तु सहित देशभर आदिकवि भानुभक्त आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाइएको छ ।
नेपाली भाषा र साहित्यका क्षेत्रमा आदीकविको नामले परिचित भानुभक्तको सम्झनामा मंगलबार कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ कपिलधाम स्थित साहित्य चौतारीमा एक कार्यक्रम सहित साहित्यकारहरुले कवि आचार्यको सम्झना गरेका छन् ।
कपिल प्रज्ञा पुस्तकालयको आयोजनामा आदिकवि भानुभक्त आचार्यको सम्झनामा साहित्यकारहरुले आदिकविको शालिकमा माल्यार्पण गरेका छन् । कार्यक्रममा बाणगंगाका विभिन्न क्षेत्रमा आबद्ध साहित्यकारहरुको उपस्थिति रहेको थियो । एक दर्जन बढी साहित्यकारहरुका शालिक स्थापना गरिएको साहित्य चौतारी कपिलधाममा आदीकवि भानुक्तको पनि शालि राखिएको छ । सोही शालिकमा माल्यार्पण गर्दै आदीकविका नाममा साहित्यकारहरुले कविता समेत वाचन गरेका थिए ।
कार्यक्रममा कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य, संचारकर्मी बाबुराम रायमाझी, छन्दबादी समाजका पूर्व अध्यक्ष ऋषिकेश भारद्वाज लगाएतले आदिकवी भानुभक्त राष्ट्र«का गहना भएको बताउनु भएको छ ।
कार्यक्रम कपिल प्रज्ञा पुस्तकालयका अध्यक्ष इन्द्र बहादुर कोइरालाको अध्यक्षता बिनिराम पौडेलको स्वागत र दुर्गा प्रसाद पौडेलको संचालनमा भएको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया