

एक सातामै सात सचिवको बढुवा



सरकारले एक सातामै सात वरिष्ठ सहसचिवहरूलाई सचिव पदमा बढुवा गरेको छ। अझै चार सचिव पद रिक्त छन्। लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति गरिएपछि बढुवा सिफारश समितिले सचिव पदमा बढुवा गर्न धमाधम सिफारिस गर्ने गरेको छ। बढुवा सिफारिस समितिको अध्यक्षता लोकसेवा आयोगको अध्यक्षले गर्ने व्यवस्था छ।
उक्त समितिमा मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव पदेन सदस्य रहने व्यवस्था छ। एक रिक्त सचिव पदका लागि बढुवा सिफारिस समितिले तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने गर्छ। तीमध्येबाट एकलाई बढुवा गर्ने अधिकार मन्त्रिपरिषद्लाई छ।
मन्त्रिपरिषद्ले यो साता कृष्णहरि पुष्कर, गणेश पाण्डे, सुशीलचन्द्र तिवारी, मधुसूदन बुर्लाकोटी, कृष्णप्रसाद आचार्य, प्रमिला बजाचार्य, डा. दामोदर रेग्मीलाई सचिव पदमा बढुवा गरेको हो। सरकारले प्रमिला बज्राचार्यबाहेक अन्यलाई बढुवा सिफारिस समितिले एक नम्बरमा सिफारिस गरेका आधारमा बढुवा गरेको हो ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।


खबर सबै
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया