

इराकको एरबिल विमानस्थलमा ड्रोन आक्रमण



एजेन्सी
उत्तरी इराकको एरबिल विमानस्थलमा ड्रोनबाट आक्रमण गरिएको छ। विमानस्थल मैदानमा रहेको अमेरिकी बेसलाई लक्षित गरी मंगलबार दिउँसो ड्रोनबाट बिस्फोटक पदार्थ खसालिएको समाचार संस्था रोयटर्सले जनाएको छ।
आक्रमण हुनासाथ इराकी कुर्दिस्तानमा रहेको अमेरिकी महामवाणिज्य दूतावासमा साइरन बजेको थियो।
आक्रमणपछि विमानस्थलमा उडान/अवतरण निलम्बन गरिएको थियो।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विज्ञप्ति जारी गर्दै ड्रोन आक्रमण भएका रिपोर्टबारे आफूलाई जानकारी आएको तर प्रारम्भिक सूचनामा कुनै भौतिक र मानवीय क्षति नभएको जनाएको छ।
अमेरिकी सैनिकहरू रहेको एइन अल-असद एयर बेस र बग्दादस्थित अमेरिकी राजदूतावासलाई निशाना बनाई रकेट र ड्रोन आक्रमण भएको केही दिनपछि उत्तरी इराकमा अमेरिकी सैनिकलाई लक्षित गरी विमानस्थलमा ड्रोन आक्रमण भएको हो।
गत अप्रिलमा पनि एरबिल विमानस्थलमा अमेरिकी सैनिक रहेको ठाउँनजिकै ड्रोनले बिस्फोटक पदार्थ फालेको थियो। त्यो एरबिलमा अमेरिकी सैनिकविरूद्ध मानवरहित पहिलो आक्रमण थियो।
इराकमा अमेरिकी सैनिक र राजदूतावासलाई लक्षित गरेर बेलाबेलामा रकेट आक्रमण भइरहन्छन्। वासिङ्टनले ती आक्रमणमा इरान समर्थित मिलिसियाको हात रहेको बताउँदै आएको छ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया