

कार दुर्घटनामा परी डा. शंकर भण्डारीको मृत्यु



नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका कान्छो भाई डा. शंकर प्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवल तर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।
अन्दाजी ५०/५२ वर्षका भण्डारीसहित उनका आफन्ती थानेश्वर भण्डारी सवार कार बुढाबास भन्ने स्थामा रहेको कल्भर्टबाट खसेको थियो । दुर्घटनापछि गम्भीर घाईते भण्डारीलाई उपचारका लागि बुटवल अवस्थित लुम्बिनी हृदय रोग तथा मुटु अस्पतालमा ल्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।


खबर सबै
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया