

आईटी मन्त्री रविशंकरको ट्वीटर अकाउन्ट एक घण्टाका लागि लक

काठमाडौं
नयाँ आईटी नियमलाई लिएर ट्वीटर इण्डिया र भारतीय सरकारबीचम कलह बढिरहेको समयमा ट्वीटरले आईटीमन्त्री रविशंकर प्रसादको अकाउन्ट एक्सेस शुक्रबार एक घण्टाको लागि रोकिदिएको छ ।
प्रसादले शुक्रबार आफ्नो ट्वीटरमा ट्वीट गर्दै अमेरिकाको डिजिटल मिलेनियम कपिराइट ऐन उल्लंघन भएको आरोपमा आफ्नो अकाउन्ट एक्सेस ट्वीटरले एक घण्टासम्म रोकिदिएको बताएका छन् ।
प्रसादले शेयर गरेको स्क्रिनशटका अनुसार उनको अकाउन्टबाट डिजिटल मिलेनियम कपिराइट ऐन उल्लंघन हुने सामग्री पोस्ट गरेको गुनासोका आधारमा ट्वीटरले उनको अकाउन्ट लक गरेको बताइएको छ ।
‘मलाई पूर्व जानकारी नदिकन मेरो आफ्नै ट्वीटर अकाउन्टमा एक्सेस अस्वीकार गरेर ट्वीटरले सूचना प्रविधि नियम २०२१ को उल्लंघन गरेको छ,’ उनले बताए । पछि उनको अकाउन्टमा उनको एक्सेस स्वीकार गर्दै आगामी दिनहरुमा यदि फेरि यस्तै गुनासो आएमा अकाउन्ट फेरि लक हुने अथवा स्थायी रुपमा बन्द हुनसक्ने भन्दै ट्वीटरले पुन: मेसेज गरेको थियो ।
‘यो कारबाहीलाई रोक्नका लागि हाम्रो प्रतिलिपि नीति उल्लंघन हुने कुनै पनि सामग्री पोस्ट नगर्नुहोस् अथवा तपाईंको जिम्मेवार नहुने खालका कुनै पनि पोष्टहरु तत्काल हटाउनुहोस्,’ ट्वीटरले मेसेजमा उल्लेख गरेको छ ।
मन्त्री प्रसादले ट्वीटरको यो कदमले ट्वीटर किन नयाँ नियमलाई मान्न अस्वीकार गरिरहेको छ भन्ने प्रष्ट भएको बताएका छन् । ‘किनभने यदि ट्वीटरले नयाँ नियम मान्यो भने आफूखुसी कसैको व्यक्तिगत अकाउन्टमा उसको आफ्नै एक्सेस रोक्न पाउँदैछ ।’
आफूले कुनैपनि प्रतिलिपि ऐन उल्लंघन नगरेको दाबी गर्दै प्रसादले भने, ‘आजसम्म कुनै पनि टिभी च्यानल अथवा कुनै प्रस्तोताले मैले मेरो आफ्नै अन्तर्वार्ताका क्लिप वा भिडिओहरु सामाजिक सञ्जालमा शेयर गर्दा प्रतिलिपि ऐन उल्लंघन गरेको आरोप लगाएका छैनन् ।’
ट्वीटरले आफूले अभिव्यक्ति स्वतन्त्रताको हकलाई सम्मान गर्ने दाबी गरे पनि आफ्नो एजेन्डाभन्दा पर गएर कुनै पोस्ट गरेमा उसलाई यो प्लेटफर्मबाट नै हटाउने कुरा स्पष्ट भएको उनले बताए ।
तर जस्तो परिस्थितिमा पनि ट्वीटरले नयाँ आईटी नियमलाई मान्नैपर्ने प्रसादले बताए । संयुक्त राज्य अमेरिकाको डिजिटल मिलेनियम प्रतिलिपि ऐन १९९८ ले अनलाइन सेवा प्रदायकहरुलाई म्यानुअल्ली प्रतिलिपि अधिकार सँग सम्बन्धित सामग्रीहरु फिल्टर गरेर हटाउने छुट दिएको छैन । यस कानुनले कुनै पनि प्रविधि, डिभाइस र सेवाहरु, जसले प्रतिलिपि अधिकारलाई उल्लघंन गर्न खोज्छ, उत्पादन तथा वितरण गर्नुलाई अपराध हो भनेर उल्लेख गरेको छ ।
मन्त्रालयका अधिकारीहरुले ट्वीटर भारतले नयाँ नियमलाई नरुचाएको बताएपछि गत हप्ता मन्त्री प्रसादले माइक्रोब्लगिङ प्लेटफर्मले जानाजान नयाँ आईटी नियमलाई पालना गर्न नखोजेको बताएका थिए ।
उनले चेतावनी दिँदै भनेका थिए, ‘यदि कुनै पनि विदेशी संस्थाले नियम पालना नगर्नको लागि अभिव्यक्ति स्वतन्त्रताको झण्डा भारतमा उचालेर हिड्ँछ भने त्यो गलत हुनेछ ।’
मन्त्रालयका अधिकारीहरुले दि इन्डियन एक्सप्रेसलाई गत हप्ता बताए अनुसार ट्वीटरले सरकारको मापदण्ड अनुसार गुनासो सुन्ने स्थानीय अधिकारी, नोडल अफिसर र प्रमुख नियामक अधिकारीको नियुक्ति नगरेको बताएका थिए ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?









प्रतिक्रिया