

भारतले नेपाललाई मागेजति मल नदिने



भारतले नेपाल सरकारलाई मागेजति रासायनिक मल नदिने जानकारी पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्ने सम्झौताको मस्यौदा भारतलाई पठाउँदा भारतले सो जानकारी दिएको हो ।
भारतसँग जीटुजीमार्फत मल खरिद गर्न भनि मन्त्रिपरिषद्ले कृषि मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएपछि सम्झौताका लागि भारतलाई अन्तिम मस्यौदा पठाएको थियो ।
परराष्ट्र मन्त्रालयमार्फत पठाएको सो पत्रको जवाफ आइसकेको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयले भारत सरकारसँग जीटुजीमार्फत पाँच वर्षका लागि मल खरिद गर्ने सम्झौता गर्न लागेको हो ।
कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेका अनुसार पहिलो वर्ष एक लाख १० हजार मेट्रिक टन, दोस्रो वर्ष एक लाख २५ हजार मेट्रिक टन, तेस्रो वर्ष एक लाख ४० हजार मेट्रिक टन गर्दै पाँचौँ वर्षमा दुई लाख १५ हजार मेट्रिक टन मल खरिद गर्ने गरिएको छ तर भारतले यो मात्रामा मल दिन नसकिने भन्दै मात्रा घटाउन आग्रह गर्दै पत्र पठाएको छ
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा






प्रतिक्रिया