

थप २४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, २४ जनाको मृत्यु


काठमाडौं
पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
यही अवधिमा थप २ हजार ५१८ जना निको भएका छन् । नेपालमा ७ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९०.७ प्रतिशत रहेको छ ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ । हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप २४ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ९१८ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया