

गुल्मीमा असार १५ गतेसम्म निषेधाज्ञा थपियाे



गोकर्ण पाण्डे /गुल्मी जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि असार १५ गते राती १२ बजे सम्म लम्बाउने निर्णय भएको छ।
समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले जनाएकाे छ।
यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ।
निषेधाज्ञा समय अबधि व्युटिपार्लर र सैलुन बहेकका सम्पूर्ण पसल बिहान ७ बजे देखि दिउँसो २ बजे सम्म खेल्न पाइने भएको छ।त्यस्तै जिल्ला भित्र निर्माण सामाग्री बाेक्ने जिप,टिपर,ट्याक्टर र पुस्तक तथा कृषि जन्य पदार्थ सुरक्षा सामधानी अपनाएर चल्न पाउने भएका छन्। बैक तथा सहकारी सस्था बिमा कम्पनी आफ्नाे अफिस समयमा कार्यालय बाट मात्र सेवा दिने गरि सुरक्षा साबधानी अपनाएर खेल्न पाउने भएका छन्।जिल्ला बाहिरबाट निर्माण,पुस्तक,कृषि जन्य पदार्थ तथा खाध्यान्न ढुवानी गर्दा सम्बन्धित जिल्लाका नियम प्रबन्ध मिलाएर सञ्चालन गर्ने।
यस्तै अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुनेछन् । सार्वजनिक यातायात भने बन्द रहने छन्।निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।
यस अघि थप गरिएको निषेधाज्ञाकाे समय आज राति १२ बजे सकिदै छ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया