

राप्ती नदीको टापुमा फसेकाको १२ घण्टा पछि सकुशल उद्दार



दाङ
केहि दिन यताको अबिलर वर्षका कारण आएको राप्ती नदीमा आएको बाढीमा फसेका चारजनाको उद्दार गरिएको छ । उनहरु राप्ती नदीको टापुमा फसेका थिए । नदीमा आएको बाढीका कारण बेला घाटमा फसेका चारजनाको १२ घण्टा पछि सकुशल नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्दार टोलीले उद्धार गरेको हो ।
लमही नगरपालिका–७ हस्नापुरका ४८ वर्षे मन्साराम चौधरी, राजपुर गाउँपालिका–२ निवासी ४५ वर्षकी सावित्रा, सोही ठाउँका २६ वर्षे राधे यादव र राजपुर गाउँपालिका–३ प्रतापपुरका २६ वर्षे गणेश यादवको १२ घण्टापछि उद्धार गरिएको दाङ प्रहरीले जानकारी दिएको छ ।
‘भैँसी चराउन गएको बेला राप्तीमा भेल बढ्यो। त्यसपछि उनीहरु फर्कन सकेनन्। लगत्तै उद्धारको प्रयास सुरु भयो’, ‘राति १ बजेसम्मको प्रयास सफल हुन सकेन। अनि बिहान पुन उद्दार गरिएको हो ।
तीन परिवारका १७ भैँसी टापुमा छाडिएको छ। ‘बाढी कम भयो भने भैँसी ल्याउन जानुपर्छ’, श्यामलाल चौधरीले भने, ‘सधैँ त्यहीँ चराउन जाने गरेक थियौ, यसपाली बाढीले दुःख दियो।’ हामी बाहिर आयौं, भैंसी त्यही छन्, भैसीको चिन्ता छ ।ु


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया