

लुम्बिनी प्रदेशः आज सदनमा नीति तथा कार्यक्रम टेबुल हुँदै


बुटवल ।
लुम्बिनी प्रदेशसभाको चालु अधिवेशनको चौथो बैठक आज दिउँसो १२ बजे बस्दैछ । २५ जेठमा नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएपछिको यो पहिलो बैठक हो । आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुनेछ । १ असारमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण नीति तथा कार्यक्रममाथि बढिमा तीन दिन मात्र छलफल हुनेछ ।
आजको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सदनमा नीति तथा कार्यक्रम टेबुल गर्नेछन् । नीति तथा कार्यक्रम वाचन गरेकोमा प्रदेश प्रमुख धर्मनाथ यादवलाई धन्यावाद दिइने छ । त्यसपछि नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुनेछ ।
२५ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा विपक्षी गठबन्धनका प्रमुख सचेतकबाहेक सबै सांसदले बहिष्कार गरेका थिए ।विपक्षी गठबन्धनले सरकारले विश्वासको मत लिनुपर्ने माग उठाउँदै आएको छ । सरकार विश्वासको मत लिने प्रक्रियामा नगएकाले नीति तथा कार्यक्रम ल्याउनु संवैधानिक र राजनीतिक हिसाबले अनुचित रहेको विपक्षी गठबन्धनले बताउँदै आएको छ ।
नीति तथा कार्यक्रम बहिष्कार गरेका गठबन्धनका सांसदहरू छलफलमा भने सहभागी हुने भएका छन् । माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीमगरले नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुने बताए ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया