

रुपन्देहीबाट हत्या गरेको आरोपमा पाँचजना पक्राउ


रुपन्देही
ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीले लुम्विनी साँस्कृतिक नगरपालिका वडा-४ मनौराका ३५ वर्षीय महेन्द्र यादवको हत्या गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देही साँस्कृतिक नगरपालिका वडा नं। ४ मनौरा बस्ने बर्ष २२ वर्षीय बलजित पासी, ३० वर्षीय दुर्गेश पासवान ,२४ वर्षीय राकेश यादव ,२० वर्षीय संजय पासी र २३ वर्षीय सर्वजित विश्वकर्मा रहेका छन् ।
गत जेठ २३ गते जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४ मनौरा बन्दरगढस्थित यादवको शव फेला परेको थियो । प्रहरीले अनुसन्धानको क्रममा हत्यामा प्रयोग भएको धारिलो हतियार फलामको दाउ थान १, पानी तान्ने नलको ह्याण्डर हत्ता थान १ र हत्यामा प्रयोग भएको हरियो बाँसको घारा थान-१ सहित अन्य प्रमाणहरु बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई रुपन्देही जिल्ला अदालतबाट १० दिन म्याद थप भइ अनुसन्धना भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक रबिन्द्र महतले बताए ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया