



पत्रकार अधिकारी कोभिड हिरो अवार्ड २०२१ बाट सम्मानित


सागर पौडेल ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिसद् सदस्य थानेश्वर अधिकारी कोभिड १९ हिरो अवार्ड २०२१ बाट सम्मानित भएका छन् । अहिले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएकाले नेपाल सरकारले जारी गरेको लक डाउन (निशेधाज्ञा)का कारण आम नागरिकहरु समस्यामा परेका छन् ।
अधिकारी लाई अमेरिकामा रहेको हामी नेपाली ग्लोवल नामक अन्तराष्टिय संस्थाले सहयोग गरेको हो । कोभिड १९ महामारीका बेला हामी ग्लोवल नेपाली लगायत बिभिन्न संघ संस्थाले गरेका गतिबिधि, राहत तथा सहयोगको निरन्तर रुपमा समाचार सम्प्रेषण गर्नुका साथै सन्देशमुलक भिडियो, स्थानिय तहले कोभिड प्रतिकार्यका लागी गरेका काम र सो को प्रभावकारिता बारेमा कपिलवस्तुका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख सँग भर्चुअल सम्बाद कार्यक्रम संचालन गरेका थिए ।
लक्ष्मणघाट सामाजिक विकास केन्द्र र नेपाल युवा संस्था संजाल (आयोन) को सहकार्यमा बाणगंगा नगरपालिका वडा नं ५ र ६ मा रहेका कोरोना सक्रमितहरुलाई पोषण सामाग्री तथा स्वास्थ्य सामाग्री सहयोग लगायतका सामाजिक कार्यमा उनी सक्रिय हुदै आएका थिए ।
सानै उमेर देखी सामाजिक सेवा भावले ओतप्रोत अधिकारी जन्मघर कास्की पोखरा भएता पनी कर्मघर कपिलवस्तु बनाउँदै आएका छन् । करिव २ दर्जन सस्थामा आवद्ध उनी यो सम्मानले आफुलाई अझ जिम्मेवारी बोध गराउदै सामाजिक कार्यमा सक्रिय हुन प्रेरणा मिलेको बताउँछन् ।

खबर सबै
-
लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि , सुदूरपश्चिम फेरि स्तब्ध
-
एनपिएल फाइनलमा सुदूरपश्चिम–लुम्बिनीको निर्णायक भिडन्त
-
१४ वर्षपछि सुआरेजसँग भारत आइपुगे मेसी, तीन दिनमा चार सहर भ्रमण गर्ने
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
एकैदिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
-
जिल्लामै पहिचान बनेकाे कपिलवस्तु महाेत्सवकाे १६ औं राैनकता: पर्दा पछाडि पाैडेलकाे सक्रियता, बढ्दै मेलाकाे भव्यता
-
एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान







प्रतिक्रिया