

काेराेना संक्रमणलाई थप फैलन नदिन भन्दै गुल्मीमा जेठ २५ गते सम्म निषेधाज्ञा थप


गोकर्ण पाण्डे/गुल्मी
जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि जेठ २४ गते राती १२ बजे सम्म लम्बाउने निर्णय भएको छ।
समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले जनाएकाे छ। निषेधाज्ञा अवधिभर अत्यावश्यक पेट्रोलियम पदार्थ,दूध डेरि, तरकारी, फलफूल, माछा,मासु, निर्माण सामाग्री हरेक दिन बिहान९ बजे सम्म मात्र खुल्न पाइने छ।
जिल्ला भित्र निर्माण सामाग्री बाेक्ने टिपर,ट्याक्टर सुरक्षा सामधानी अपनाएर चल्न पाउने भएका छन्। त्यस्तै अत्यावश्यकीय तथा मानवीय कार्य बाहेक अन्यकाे लागि बैंक तथा बित्तिय सस्था बन्द रहने छन्।निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।
यस अघि थप गरिएको निषेधाज्ञाकाे समय भाेलि जेठ १५ गते शनिबार राति १२ बजे सकिदै छ।हाल गुल्मीमा काेराेना सकृय संक्रमितकाे संख्या ६९६ पुगेको छ।भने दोस्रो काेराेना लहर का कारण गुल्मीमा ७५ जना ले ज्यान गुमाएका छन्।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया