

गुल्मीमा एक हजार ७७ जनाले जिते कोरोना



गुल्मी ।
गुल्मीमा एक हजार ७७ जना संक्रमित उपचारपछि निको भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा कुल एक हजार ८९८ संक्रमितहरु मध्ये एक हजार ७७ जना उपचारपछि निको भएको र बुधबार मात्रै १७७ जना निको भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए।
जिल्लामा अहिले कुल सक्रिय संक्रमितको संख्या ७५१ जना रहेको र जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० पुगेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए।
यता जिल्लाको सरमुकाम तम्घासमा रहेको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्नुपर्ने स्वाबको नमुना बढी भएको प्रयोगशालाले जनाएको छ। दैनिक परीक्षण क्षमता भन्दा स्वाबको चाँप बढी भएकोले रिपोर्ट आउनमा केही ढिला हुने प्रयोगशालाका प्रमुख लक्ष्मण पन्थीले बताए। साथै थप स्वाबको नमुना संकलन गर्नुपुर्व प्रयोगशालासँग समन्वय गर्न पनि उनले आग्रह गरे।
प्रयोगशालाबाट दैनिक ९४ नमुना परीक्षण गर्न सकिने र अहिले करिब पाँच सय नमुना प्रयोगशालामा आइसकेको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया