

गुल्मीमा एक हजार ७७ जनाले जिते कोरोना



गुल्मी ।
गुल्मीमा एक हजार ७७ जना संक्रमित उपचारपछि निको भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लामा कुल एक हजार ८९८ संक्रमितहरु मध्ये एक हजार ७७ जना उपचारपछि निको भएको र बुधबार मात्रै १७७ जना निको भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए।
जिल्लामा अहिले कुल सक्रिय संक्रमितको संख्या ७५१ जना रहेको र जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० पुगेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए।
यता जिल्लाको सरमुकाम तम्घासमा रहेको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्नुपर्ने स्वाबको नमुना बढी भएको प्रयोगशालाले जनाएको छ। दैनिक परीक्षण क्षमता भन्दा स्वाबको चाँप बढी भएकोले रिपोर्ट आउनमा केही ढिला हुने प्रयोगशालाका प्रमुख लक्ष्मण पन्थीले बताए। साथै थप स्वाबको नमुना संकलन गर्नुपुर्व प्रयोगशालासँग समन्वय गर्न पनि उनले आग्रह गरे।
प्रयोगशालाबाट दैनिक ९४ नमुना परीक्षण गर्न सकिने र अहिले करिब पाँच सय नमुना प्रयोगशालामा आइसकेको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया