

अनुमानित १७ हजार व्यक्ति भारतबाट नेपाल प्रवेश



जेष्ठ १२, कपिलवस्तु, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको पहल र कृष्णनगर नगरपालिका बाट स्थापित कृष्णनगर भन्सार नाकामा अवस्थित होल्डिंग सेन्टर भारतबाट आउने र नेपाल बाट भारत जाने यात्रीको सहयोग र सहकार्यका लागी स्थापना भएको देखिन्छ ।
कोरोना भाइरसको दोस्रो लहरमा कृष्णनगर भन्सार नाकामा अवस्थित होल्डिंग सेन्टर मार्फत चैत्र १२ गते देखि हिजो १० बजे सम्म भारतबाट आएका १६,६४६ (सोरह हजार छ सय छ्यालिस) तथा नेपाल बाट भारत गएका ५०६०१ (पांच हजार छ सय एक) जना गएकाे जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ ।
साथै होल्डिंग सेन्टरमा रहेको क्यान्टिनमा समेत यात्री हरूलाई पानी, चाउचाउ, बिस्कुट, रिचार्ज कार्ड, मास्क, सेनिटाइजर, लगायत अन्य समानहरु सुपथ मुल्यमा दिने गरेको क्यान्टिन संचालक गोलु गुप्ताले जानकारी दिए । उक्त होल्डिंग सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २४ घण्टा नै ड्युटी रहेको छ ।

भारतबाट आएका यात्रीहरू लाई बस व्यवसायी हरुको समान्वयमा नेपाल सरकारले तोकेको भाडादरमा यात्रीहरू लाई सम्बंधित स्थान सम्म पुर्याउने पहल गर्ने भुमिका इलाका प्रहरी कार्यालय कृष्णनगरको रहेको जानकारी प्रहरी निरिक्षक सुकदेव पौडेल ले दिनुभयो ।
साथै पशिचम नेपाल बस व्यवसायी प्रा. लि. प्रधान कार्यालय बुटवल शाखा संचालक कृष्णनगरका कर्मचारी राम केवल यादव भन्ने संजे यादव संग बुझ्दा उहाँले हामीहरु भारतबाट आएका यात्रीहरू लाई उहाहरूको गन्तव्य स्थान सम्म पुर्याउने गरेको, नेपाल सरकारले तोकेको भाडादर लिइएको र भाडा न भएका समेत लाई गन्तव्य सम्म पुर्याइ मानवता धर्म पाल्ना गरेको, बसमा स्वास्थ्य मापदंड पूर्णरूपमा पाल्ना भएको जानकारी दिए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया