

चुनावबाट ब्याक हुन धम्की आयो : खिमलाल देवकोटा


बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले चुनावबाट ब्याक हुन आफूलाई धम्की आएको खुलासा गरेका छन् । यद्यपी त्यस्तो धम्की र दवाव कसबाट आएको भन्ने चाहिँ उनले खुलाएका छैनन् ।
‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए/थर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौँला । कसै कसैको त भ्वाइस रेकर्ड नै राखेको छु’, देवकोटाले आइतबार सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन्, ‘ तर म अडिग रहेँ । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौँ ।’
उनले लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले आफू जस्ताबाट केही सिक्दा राम्रै हुने भन्दै चुनौति पनि दिएका छन् । ‘बोलेपछि, सही गरेपछि, वचनबद्ध भएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाजी गरेर केही समय त टिकिएला । तर बुझ्न जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ ।’
उनले निष्ठा र इमानदारिताको राजनीतिबाट भागेर नहिँड्न सुझाव दिँदै बोली र इमानमा कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । जेठ ६ गते भएको उपचुनावमा उनले एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गरेका थिए ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया