

मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं
शुक्रबार साँझ साढे ७ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएको सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी गराए।
मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बसेको थियो। उक्त बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिन नसक्ने भन्दै नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको थियो।
मन्त्रिपरिषद्को सिफारिशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज ५ बजेसम्मको सीमा दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।
उक्त समयभित्र एमाले अध्यक्ष समेत रहेका ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैले आफूसँग बहुमत रहेको दाबी पेश गरेका छन्।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया