

महाकालीमा पानीको बहाव बढ्यो, डडेल्धुरासहित आसपासमा सतर्कता अपनाउन आग्रह


काठमाण्डाै
महाकाली नदीमा पानीको बहाव बढेपछि डडेल्धुरा र आसपासमा बाढी आउनसक्ने भन्दै चेतावनी जारी भएको छ ।
रंघुन-पन्तुरागाड नदी जलाधारमा ठूलो पानी परेको र अझै पर्ने भएकाले रंघुनको महाकाली दोभानसम्मको क्षेत्रमा आज दिउँसोसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

अहिले नै नदीमा पानीको बहाव खतराको तहभन्दा माथि गएको र अझै ६ घण्टासम्म निरन्तर पानी पर्न सक्ने सूचनामा उल्लेख छ । आज दिउँसोसम्म नदी किनार तथा आसपासका क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ । भारतमा आएको ताउ-ते आँधीको प्रभावका कारण नेपालका पश्चिमी क्षेत्रमा पानी परेको छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया