

काँग्रेसद्ले दियो गुल्मीको जिल्ला अस्पताललाई ५० सिलिन्डर अक्सिजन



गुल्मी
अन्य जिल्लामा जस्तै गुल्मीमा पनि अक्सिजन अभाव हुन थालिरहेको बेला नेपाली काँग्रेस गुल्मीले शुक्रबार जिल्ला अस्पताल तम्घासलाई ५० सिलिन्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले अस्पतालका मेसु डाक्टर उत्तम पाच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् । अक्सिजनको अभाव भइरहेको बेला नेपाली कांग्रेस गुल्मीले ५० सिलिन्डर अक्सिजन दिएको प्रति डाक्टर पाच्याले धन्यवाद व्यक्त गरेका थिए ।
बिहीवार साँझ दुई जना संक्रमितलाई अक्सिजन अभाव भए पछि डाक्टर पाच्याले नेपाल पत्रकार महासंघ गुल्मीसँग अक्सिजन माग गरेका थिए । साँझ पौने १० बजेको समयमा महासंघका अध्यक्ष टोपलाल अर्यालसहितका पदाधिकारीहरुले यातायात ब्यवसायी किरण कुँवरको गाडी मगाएर अस्पतालमा पुर्याएर आएका थिए । अक्सिजन अभाव हुन नदिन नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजन अभियान सञ्चालन गरेको छ । शुक्रबार विहानसम्म झण्डै १९ लाख संकलन भएको छ । ५ लाख रुपैयाँमा २० वटा सिलिन्डर अक्सिजन महासंघले खरिद गरि सकेको छ भने थप खरिद गर्ने प्रकृयामा छ ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया