

काँग्रेसद्ले दियो गुल्मीको जिल्ला अस्पताललाई ५० सिलिन्डर अक्सिजन



गुल्मी
अन्य जिल्लामा जस्तै गुल्मीमा पनि अक्सिजन अभाव हुन थालिरहेको बेला नेपाली काँग्रेस गुल्मीले शुक्रबार जिल्ला अस्पताल तम्घासलाई ५० सिलिन्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले अस्पतालका मेसु डाक्टर उत्तम पाच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् । अक्सिजनको अभाव भइरहेको बेला नेपाली कांग्रेस गुल्मीले ५० सिलिन्डर अक्सिजन दिएको प्रति डाक्टर पाच्याले धन्यवाद व्यक्त गरेका थिए ।
बिहीवार साँझ दुई जना संक्रमितलाई अक्सिजन अभाव भए पछि डाक्टर पाच्याले नेपाल पत्रकार महासंघ गुल्मीसँग अक्सिजन माग गरेका थिए । साँझ पौने १० बजेको समयमा महासंघका अध्यक्ष टोपलाल अर्यालसहितका पदाधिकारीहरुले यातायात ब्यवसायी किरण कुँवरको गाडी मगाएर अस्पतालमा पुर्याएर आएका थिए । अक्सिजन अभाव हुन नदिन नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजन अभियान सञ्चालन गरेको छ । शुक्रबार विहानसम्म झण्डै १९ लाख संकलन भएको छ । ५ लाख रुपैयाँमा २० वटा सिलिन्डर अक्सिजन महासंघले खरिद गरि सकेको छ भने थप खरिद गर्ने प्रकृयामा छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया