आज रमजान र भोली ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

कपिलवस्तु

हिजो नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी देशहरुबाट चन्द्रमा देखेको कुनै समाचार आएको छ त्यसकारण  बिहीवार (३०बैशाख)  रमजान हुने र  (३१बैशाख) शुक्रवार ईद उल फितर मनाउने कुरा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी,महासचिव मौलाना मशहूद खां नेपाली र संस्थापक शमीम अहमद नदवीले बताएका छन।

रमजान महिनाको शुरुवात चन्द्रमा दैखेर हुन्छ र कुनै बर्ष ३० दिन र कुनै बर्ष २९ दिनको रमजान महिना हुन्छ इस्लाम धर्मको पवित्र महिना रमजान वैशाख १गते देखि शुरु भएको थियो यो महिना धैरे बरकत वाला महिना‌ रहेको यो महिनामा सबैले आ आफ्नो तरिकाले इबादत गर्ने र साथ साथै आफ्नो घरको वरिपरि वा गाउं टोलमा रहेका गरिब असहायहरुको मदत गरि गरिब परिवारहरुको पेट भर्ने काम अधिकांश मुस्लिम समुदायले गर्दछन ।

प्रतिक्रिया

खबर सबै