

रुपन्देहीमा अक्सिजको चरम अभाव,सिमरा र चितवनबाट सेनाको हेलिकोप्टरमा ल्याइयो



रुपन्देहीमा चरम अभाव भएपछि सिमरा र चितवनबाट हेलिकोप्टरमा अक्सिजन ल्याइएको छ । अक्सिजनको अभावमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको मृत्यु हुन थालेको अवस्थामा बुधबार साँझ हेलिकोप्टरमा अक्सिजन ल्याइएको हो ।
सिमरा र चितवनबाट सेनाको हेलिकोप्टरमा ४० सिलिन्डर अक्सिजन ल्याइएको छ । अक्सिजनको अभावमा बुधबार दिउँसो पाँचजनाको मृत्यु भएको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।समयमा अक्सिजन आपूर्ति नहुँदा रुपन्देही र नवलपरासीका बिरामीको ज्यान गएको उनले बताए । रुपन्देहीका चार र नवलपरासी बर्दघाटका एक बिरामीको मृत्यु भएको डा. गौतमले जानकारी दिए ।
रुपन्देहीमा तीनवटा अक्सिजन उद्योग छन् । ती उद्योगले दैनिक ११ सय सिलिन्डर उत्पादन गर्छन् । तर, दैनिक माग २१ सय ५० रहेको जिल्ला जनस्वास्थ्य प्रमुख राजेन्द्र गिरीले बताए ।
रुपन्देहीमा करिब एक दर्जन अस्पताल छन् । तीमध्ये सरकारी दुईवटा र निजी तीनवटा गरी पाँचवटा कोभिड अस्पताल छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया