

आज बेलुका मन्त्रिपरिषद्को बैठक बस्दै



प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो समूहको स्थायी कमिटी बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। स्थायी कमिटी बैठक बिहान १० बजे बोलाएका थिए। बैठक हतार हतारमा सकाएर उनी राष्ट्रपतिकहाँ पुगेका हुन्। राष्ट्रपतिसँग पछिल्लो राजनीतिक घटनाक्रम र संभावित कदमबारे परामर्श गर्ने बुझिएको छ। संसद्बाट विश्वासको मत नपाउने लगभग निश्चित भएकोले ओलीले फेरि अर्को कदम चाल्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ। वैशाख २७ बाट उम्किने उपाय र संभावित कदमबारे उनले राष्ट्रपति सल्लाह लिन शितलनिवास पुगेको बताइएको छ।बिहीबार बेलुका ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
बैठकमा उनले कांग्रेससँगको बुधबारको भेटलगायतका राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए। बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा वैशाख २७ गते लिने विश्वासको मत, राष्ट्रियसभा उपनिर्वाचन र विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो।राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका माधव(झलनाथ समूहले कांग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउने भएको छ।प्रधानमन्त्री केपी ओलीविरुद्ध गठबन्धन बनाउँदै यो गठबन्धनले राष्ट्रियसभाको रिक्त पदका लागि डा। खिमलाल देवकोटालाई अघि सार्ने निर्णय गरेको हो।
बागमती प्रदेश नीति तथा योजना आयोगको पूर्वउपाध्यक्ष डा। देवकोटा राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती प्रदेशबाट गठबन्धनको साझा उम्मेदवार बन्न लागेका हुन्। उता एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नै उम्मेदवार बनाउने तयारी गरेका छन्। माओवादीबाट निर्वाचित बादलले दल त्याग गरेपछि रिक्त राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो। बागमती प्रदेशको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया