

माओवादीहरुलाई पुन एकिकृत गर्नुपर्छ : नेता पौडेल



बुटवल ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले माओवादीहरुलाई पुन एकिकृत गर्नुपर्ने बताएका छन्।
तत्कालीन नेकपा एमाले र माओवादीको एकता कम्युनिष्टहरुको एकीकरणका लागि गरिएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थ मात्रै हाबी भएको बताए। लेनिन जयन्तीको अवसरमा समाजवादी अभियान नेपाल रुपन्देहीले बिहीबार बुटवलमा गरेको ‘सहिदहरुका सपना र हाम्रो भूमिका’ विषयक साझा सवाल कार्यक्रममलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन्।
जनयुद्ध हुँदै शान्ति प्रक्रियासम्म पार्टी सही रुपमा हिँडेको भए पनि त्यसपछि विचलन आएको भन्दै पुनः माओवादीहरु एकीकृत हुनुपर्नेमा उनको जोड छ।
‘माओवादी आन्दोलनकै कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको हो’ उनले भने, ‘आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्दै बाँकी कार्यभार पुरा गर्नका लागि माओवादी पृष्ठभूमिका शक्तिहरु एकजुट हुनुको विकल्प छैन।’
उक्त कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्कुल विभाग प्रमुख भेषराज भुसालले कम्युनिष्ट पार्टीहरुमा आएको टुटफुट र विभाजनका कारण जनतामा निराशा छाएको बताए। विगतका कमजोरीहरुबारे निर्मम समीक्षा गर्न आफ्नो पार्टी तयार रहेको बताए।
नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदीले पनि कम्युनिष्ट पार्टीहरुमा आएको विभाजनले जनताका एजेण्डा ओझेलमा परेको बताए।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया