

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार संक्रमित भेटिए, १३३८ को मृत्यु


काठमाडौं
भारतमा कोरोनाभाइरसले स्थिति निकै नाजुक बनाएको छ । हरेक राज्य, हरेक शहरमा पहिलो चरणको तुलनामा असाध्यै धेरै संक्रमित भेटिएका छन् । शुक्रबार पहिलो पटक एक दिनमा २ लाख ३३ हजार ७५७ संक्रमित फेला परेका छन् । यतिबेला १ लाख २२ हजार ८३९ बिरामी निको पनि भए । भारतभरि हालसम्म १ करोड ४५ लाख मानिस कोरोनाद्वारा संक्रमित भएका छन् ।
यसका साथै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १३ सय ३८ ले ज्यान गुमाइसकेका छन् । मृतकको यो संख्या सरकारी हो । शवदाह स्थल, कब्रिस्तानमा योभन्दा थुप्रै गुणा बढी शव पुगेका छन् । त्यहाँका तस्बिर निकै डरलाग्दो छ ।
भारतको कोरोना अपडेट :
– उत्तर प्रदेशमा कोरोनाका कारण बिग्रँदो स्थितिलाई मध्यनजर गर्दै आइतबार लकडाउन लागू गरिएको छ । यतिबेला आपतकालीन सेवा मात्रै जारी रहनेछ । लकडाउनका बेला हरेक जिल्लामा स्यानिटाइजेशनको काम हुनेछ ।
– यूपीमा मास्क लगाउनेमाथि कडा कारवाही गरिनेछ । मास्क नलगाउँदा पहिलो पटक हजार भारु जरिवाना लगाइनेछ भने दोस्रो पटक नियम तोड्नेलाई १० हजार भारु जरिवाना तोकिएको छ ।
– कोरोनाको बढ्दो मामिलाका बीच देशका १२ राज्यमा मेडिकल अक्सिजनको संकट गहिरिँदै गइरहेको छ । अक्सिजनको कमीका कारण मानिसहरुको मृत्यु भइरहेको छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया