

बागमती प्रदेशमा माओवादीबाट सरकारलाई दिएको समर्थन फिर्ता


काठमाण्डाै
नेकपा माओवादी केन्द्र बागमती प्रदेश सरकारबाट औपचारिक रुपमा बाहिरिने भएको छ । माओवादीले डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारलाई ३ वर्षदेखि गर्दै आएको समर्थन फिर्ता लिने भएसँगै माओवादी केन्द्र औपचारिक रुपमै सरकारबाट बाहिरिएको हो ।
सोमबार काठमाडौंस्थित प्रदेश पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारविरुद्ध प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग एकता गरेर सशक्तरुपमा प्रतिपक्षीको भूमिका निभाउने निर्णय गरेको संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले जानकारी दिए ।
‘अविश्वासको प्रस्ताव तत्कालिन रुपमा अगाडि बढ्न सक्ने अवस्था छैन । त्यसकारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हौं’, उनले भने । बैठकले तत्कालिन नेकपा एमालेसँगको एकता अगाडिकै संसदीय दलको पदाधिकारीलाई पुनः चयन गरेको छ । बैठकले संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल, उपनेता कुमारी मोक्तान, प्रमुख सचेकमा बुद्धिमान माझी, सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको हो । बागमती प्रदेशसभामा माओवादीको २३ मत रहेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया