

घाँस काट्न गएका ७ जना वेपत्ता

जनकपुरधाम
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु वेपत्ता भएका छन् ।
१८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान वेपत्ता भएको प्रहरीले जनाएको छ ।
यी सातै जना मंगलबार दिउँसो घाँस काट्न गएको र अहिलेसम्म घर नफर्केको उनीहरुको अभिभावकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
‘घाँस काट्न गएका ७ जना किशोरी र बालिका वेपत्ता सूचना आएको छ,’ महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भने, ‘हामी खोजी गरिरहेका छौं । अहिलेसम्म कुनै सूचना प्राप्त भएको छैन ।’
एकै पटक ७ जना वेपत्ता भएपछि गाउँमा त्रास उत्पन्न भएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया