

भारतमा बढ्दो कोरोना : विज्ञहरुको चिन्ता


काठमाण्डौ । भारतको कोरोना खोप वितरणका लागि विशेषज्ञ समूहले कोरोना सङ्क्रमण खतरापूर्ण अवस्थातिर उन्मुख भएको भन्दै चेतावनी दिएको छ ।
कोरोना सङ्क्रमणको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष एवं नीति आयोगका सदस्य विनोदकुमार पाललले केही हप्तादेखि देशको अवस्था बिग्रँदै गइरहेको र केही राज्यमा अवस्था गम्भीर बनिसकेको बताउनुभयो ।
कोरोना भाइरस झन सक्रिय बन्दै गइरहेकोले यसले ठूलो जोखिम निम्त्याउने खतरा बढीरहेको भन्दै उहाँले पछिल्लो अवस्थाले आफूहरु थप चिन्तित बनिरहेको बताउनुभयो । उहाँले कोरोना खोप लगाएको भए पनि मास्क लगाउन, भौतिक दुरी कायम गर्नेलगायत स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्नुभएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ५३ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएसँगै जम्मा सङ्क्रमितको संख्या १ करोड २१ लाख ४८ हजार पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ५५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार ५ सय २ पुगेको छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया