

नेप्से झण्डै ६ अङ्कले घट्यो, चन्द्रागिरिको शेयरमा गिरावट


काठमाण्डाै
शेयर बजार परिसूचक नेप्से साेमवार झण्डै ६ अङ्कले घटेको छ । फाइनान्स, माइक्रो फाइनान्स र जलविद्युत बाहेक सबै समूहको शेयर घटेपछि नेप्से पाँच दशमलव ४५ अङ्कले घटेर २५ सय ४३ दशमलव ५२ विन्दुमा झरेको छ ।
साेमवार बैंकिङ समूहको शेयर झण्डै सात अङ्कले, व्यापार समूहको शेयर दुई सय १२ अङ्कले, होटल तथा पर्यटनको एक सय ४४ अङ्कले, जीवन बीमा समूहका शेयर ३० अङ्कले, निर्जीवन बीमा समूहको शेयर २१ अङ्कले, उत्पादनको २० र अन्य समूहको शेयर १९ अङ्कले घटेको छ ।
साेमवार दुई सय नौ कम्पनीका ९१ लाख ३८ हजार कित्ता शेयर चार अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएका छन् । निफ्राको ४४ करोड, माथिल्लो तामाकोशीको ३८ करोड र चन्द्रागिरि हिल्स लिमिटेडको ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
चन्द्रागिरि हिल्सको शेयर साेमवार घटेको छ । चन्द्रागिरिको शेयर साेमवार सबैभन्दा धेरै सात अङ्कले घटेर प्रतिकित्ता १९ सय ३० रुपैयाँमा झरेको छ । समग्र बजार घटे पनि उन्नति सहकार्य र महिला लघुवित्त तथा अजोड इन्स्योरेन्सको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया