

नेप्से झण्डै ६ अङ्कले घट्यो, चन्द्रागिरिको शेयरमा गिरावट



काठमाण्डाै
शेयर बजार परिसूचक नेप्से साेमवार झण्डै ६ अङ्कले घटेको छ । फाइनान्स, माइक्रो फाइनान्स र जलविद्युत बाहेक सबै समूहको शेयर घटेपछि नेप्से पाँच दशमलव ४५ अङ्कले घटेर २५ सय ४३ दशमलव ५२ विन्दुमा झरेको छ ।
साेमवार बैंकिङ समूहको शेयर झण्डै सात अङ्कले, व्यापार समूहको शेयर दुई सय १२ अङ्कले, होटल तथा पर्यटनको एक सय ४४ अङ्कले, जीवन बीमा समूहका शेयर ३० अङ्कले, निर्जीवन बीमा समूहको शेयर २१ अङ्कले, उत्पादनको २० र अन्य समूहको शेयर १९ अङ्कले घटेको छ ।
साेमवार दुई सय नौ कम्पनीका ९१ लाख ३८ हजार कित्ता शेयर चार अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएका छन् । निफ्राको ४४ करोड, माथिल्लो तामाकोशीको ३८ करोड र चन्द्रागिरि हिल्स लिमिटेडको ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
चन्द्रागिरि हिल्सको शेयर साेमवार घटेको छ । चन्द्रागिरिको शेयर साेमवार सबैभन्दा धेरै सात अङ्कले घटेर प्रतिकित्ता १९ सय ३० रुपैयाँमा झरेको छ । समग्र बजार घटे पनि उन्नति सहकार्य र महिला लघुवित्त तथा अजोड इन्स्योरेन्सको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया