

वन क्षेत्रमा डढेलो, वायुमण्डल धुँवाले ढाकियो




कपिलवस्तु ।
मौसममा आएको परिवर्तन सँगै यतिबेला कपिलवस्तु जिल्लाका वन क्षेत्रमा आगोलागी तथा डढेलोको जोखिम बढेको छ । विशेष गरी जिल्लाको उत्तरी चुरे क्षेत्रसँग जोडिएका सामुदायिक वनहरुमा वन डढेलोको जोखिम बढेको हो ।
डिभिजन वन कार्यालय तौलिहवाका अनुसार जिल्लाको दक्षिणी क्षेत्रका वनहरुमा भन्दा अर्घाखाँचीको चुरे क्षेत्र सँग जोडिएका सामुदायिक वनहरुमा डढेलोको जोखिम बढि रहेको छ । कार्यालयका सहायक वन अधिकृत तथा प्रवक्ता मदन मोहन स्यान्डिल्यले उत्तरका केही वनहरुमा आगलागीको समस्या सुरु भएको बताए । उनका अनुसार आगोलागि नियन्त्रणका लागि सामुदायिक वनहरुलाई आवश्यक तयारी र संयन्त्रको व्यवसथापन पनि गरिएको छ ।
विशेष गरी यतिबेला वन क्षेत्रमा लागेको डढेलोका कारण पछिल्ला दिनमा वायुमण्डलमा प्रदूषण बढेको छ । ग्रामिण क्षेत्रको हावा सधै स्वच्छ हुने भए पनि यतिबेला डढेलोका कारण हावा समेत धुवाँले ढाकिएको हो । अर्घाखाँचीको सितगंगा नगरपालिका भित्रका विभिन्न वन क्षेत्रमा सल्किएको आगोका कारण वनक्षेत्रको हरियाली नष्ट भएको छ भने कपिलवस्तुको वाणगंगा नगरपालिका, बुद्धभुमि नगरपालिका लगाएतका उत्तरी क्षेत्रका वनमा पनि यतिबेला आगोलागि भएको छ । जसका कारण वायुमण्डल धुवाँले ढाकिन थालेको छ ।
अर्काेतर्फ वैज्ञानिक वन व्यवस्थापनका नाममा धमाधम काटिएका काठ (गोलिया) वन क्षेत्रमै राखिएको छ । घाटगद्दी गरी राखिएका लाखौँ रुपिँयाका सालका गोलिया डढेलोको जोखिममा परेका छन् । अधिकाशं सामुदायिक वन क्षेत्रमा अहिले करोड बढिका सालका गोलिया विक्रि हुने पर्खाईमा छन् । फागुन, चैत्र , बैशाख र जेठ महिना डढेलोको उच्च जोखिमको महिना भएको हुँदा यतिबेला घाटगद्दि क्षेत्रलाई सुरक्षा प्रदान गर्ने गरी काम गर्न आग्रह गरिएको डिभिजन वन कार्यालय तौलिहवाका प्रवक्ता स्यान्डिल्यले बताए ।
पहिलोको तुलनामा पछिल्ला वर्षहरुमा आगोलागिका घटना नियन्त्रणका प्रयाश प्रभावकारी बन्दै गएको र सुरक्षा संयन्त्र पनि प्रयाप्त हुँदै गएकाले ठूलो जोखिम र क्षेती हुने स्थिति नरहेको उनको दावी छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया