

गुल्मीमा ८ महिनामा १३ करोड बढी राजस्व संकलन



गुल्मी
गुल्मीमा करदाता सेवा कार्यालय स्थापना भएको ८ महिनाको अवधिमा १३ करोड ६४ लाख ६८ हजार राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष ०७७ र ०७८ को ८ महिनाको आय कर ६८ लाख, घर भाडा कर ७ लाख, व्याज कर ३४ लाख, भ्याट कर ६ करोड ६८ लाख र अन्त शुल्क कर ६७ लाख संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख टंक भुसालले बताए ।
कर सम्बन्धी सेवाप्रवाह, बजार अनुगमन, कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन,व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाह कार्यालयमार्फत काम भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख भुसालले बताए । जिल्लाबाट कर तिर्नकै लागि पाल्पा तथा बुटवल जानु पर्ने बाध्यता अत्य भएको छ ।
कार्यालय स्थापना भएसँगै जिल्लाभित्रका सेवाग्राहीलाई सहज भइरहेको सेवाग्राही अरवीन्द्रकुमार श्रेष्ठले बताए । कार्यालय स्थापनाले जल्ला सदरमुकाम तम्घासमा करदाता सेवा कार्यालयको स्थापना भएपछि करसम्बन्धी कामको लागि पाल्पा बुटवल जानुपर्ने बाध्यता अत्य भएको हो ।
जिल्लामा कर कार्यालय नहुँदा बेला बेलामा शिविर आयोजना गरेरै व्यवसायीको कर संकलन गर्ने गरिएको थियो । यहाँका व्यवसायीहरुलाई कर तिर्न निकै समस्या रहेकाले कार्यालय खुलेसँगै करको दायरा बढनुका साथै व्यवसायीलाई पनि सहज भएको छ ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया