

नाम, नारा, झन्डा सहित ब्यानर दुरुपयोग गरेको पाइएकोले (अनेरास्ववियु) कपिलवस्तुको ध्यानाकर्षण

नाम, नारा, झन्डा सहित ब्यानर दुरुपयोग गरेको पाइएकोले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको ध्यानाकर्षण भएको छ । नेपाल कम्युनिट पार्टी एमालेको विद्यार्थी संगठन अनेरास्ववियू कपिलवस्तुले पार्टी र संगठनका ब्यानर, पर्चा, पम्प्लेट जस्ता सामग्री दुरुपयोग गरेको भन्दै एक विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा स्थापना काल देखिनै कहिल्ले दोस्रो नभई विद्यार्थीहरुको सडक बाघको रुपमा अगाडि रहेको अनेरास्ववियुको मजबुत र बलियो संगठन र फलामे अनुशासन रहेको छ । संगठनको आफ्नै विधि, विधान र पद्धतीमा चलिरहेको अनेरास्ववियु केहि अराजक व्यक्तिको गिद्धे नजर परेको उल्लेख गरिएको छ ।
त्यस्तै संगठनको साधारण सदस्य समेत नरहेक, अन्य पार्टीको जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै र नेकपा एमालेलाई बद्नाम गर्दै हिंडेका अराजक व्यक्तिले अनेरास्ववियु कपिलवस्तुको नाममा ब्यानर बनाई नारा, झण्डा र नामको दुरुपयोग गरि विद्यार्थीहरुमा गलत प्रचार गरेको, संगठनको विरुद्धमा गतिविधि गरेको पाईएकोले विज्ञप्ति मार्फत गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
साथै अब त्यस्ता कार्य गरेको पाईएमा संगठनको गरिमा उचो बनाउनका निम्ति संगठनले उचित कारवाही गर्ने पनि अनेरास्ववियु कपिलवस्तु जिल्ला संयोजक बाबुराम अर्यालको हस्ताक्षर सहितको विज्ञप्ति मार्फत चेतावनी दिईएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया