

अस्ट्रेलियाको न्यू साउथ वेल्समा वर्षा र बाढीका कारण जनजीवन प्रभावित





काठमाण्डौ ।
अस्ट्रेलियाको न्यू साउथ वेल्समा मुसलधारे वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ ।
बाढीका फसेकाहरुको उद्दार गरिएको छ । न्यू साउथ वेल्सको तल्लो क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा जान भनिएको छ ।
सिड्नीका केही क्षेत्रमा पनि बाढीका असर पर्न सक्ने भन्दै खाली गराइएको छ । सिड्नीको उत्तरी क्षेत्रका कयौँ नागरिकको उद्दार गरिएको छ ।
केही दिनदेखिको अविरल वर्षाले सिड्नी र आसपासका बस्तीका सडक जलमग्न छन् । सिड्नीमा झण्डै ५० लाख मानिसलाई खानेपानी सेवा प्रदान गरिरहेको बारागम्बा बाँधमा हिजो पानीको मात्रा बढी भएर बाँध बाहिर बग्न थालेपछि त्यस आसपासका बस्तीमा उच्च सतर्क रहन भनिएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया