

ओेलीको चियापान, माधव पक्षको पत्रकार सम्मेलन



काठमाडौं
नेकपा एमाले भित्रको आन्तरिक विवाद साँघुरिएको साटो थप फराकिलो बन्दै गएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली पक्षले गत फागुन २८ गते आफू निकटका केही नेता भेला गरेर पार्टी विधान विपरित गरेका निर्णयहरु रद्ध गर्न नमानेपछि एमालेभित्रको विवाद थप फराकिलो बन्दै जाने संकेत देखिएको छ ।
विवाद समाधान गर्ने प्रयासस्वरुप सोमबार अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच भएको छलफलमा ओली आफ्नो निर्णयबाट पछि नहट्ने अडान कसेपछि विवाद जस्ताको तस्तै रहन पुगेको हो ।
विवाद सहमति उन्मुख नभएपछि मंगलबार ओली र माधव नेपाल पक्षले आज छुट्टाछुट्टै कार्यक्रम राखेका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे चियापान कार्यक्रम राखेका छन् भने माधव पक्षले आजै दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ ।
माधव पक्षले पत्रकार सम्मेलनमा बुधबारबाट हुने राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिनेछ । त्यसका लागि दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख समेत रहेका योगेश भट्टराइले जानकारी दिएका छन् । उता, ओली पक्षले राखेको चियापानमा माधव झलनाथ पक्षले आफू पक्षीय नेता कार्यकर्तालाई सहभागी नहुन निर्देशन दिइसकेका छन् ।


खबर सबै
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी







प्रतिक्रिया