
वर्तमान राजनितिक संरचनाबाट देशमा परिवर्तन आउँदैन : अध्यक्ष मिश्र

कपिलवस्तु ।
विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले वर्तमान राजनितिक संरचनाबाट देशमा परिवर्तन नआउने बताएका छन् । राजनितिक संरचना नै गतल भएको भन्दै यसबाट धेरै ठुलो अपेक्षा गर्न नहुने उनले बताए ।
आज अर्घाखाँचीको सन्धिखर्कमा पुगेका अध्यक्ष मिश्रले एक पत्रकार भेटघाट कार्यक्रममा हालका राजनितिक दलहरुले जनताका अधिकार र मानसिकता अपहरण गरेको पनि बताए । ‘प्रमुख दलहरुले जनतालाई समृद्धी, विकास, अधिकार र शुसासन दिन सकेनन,उनले भने,‘जनताको मानसिकता नै अपहरण गरेर राखिएको छ ।’
अन्यदलहरुले समाजवादको नारा दिईरहेको उल्लेख गर्दै उनले आफुहरु स्वास्थ्यवाद, शिक्षावाद, शुसासनवाद र जनतावादमा विश्वास गर्ने पार्टी भएको दावी गरे । विभिन्न आकर्षित नारा बनाएर जनताको मानसिकतासंग खेलवाड भईरहेपनी आम नागरिकले पुरानो मानसिकता त्याग्न नसकेको उनको भनाई छ ।
देशका पुराना पार्टीहरुले अवलम्बन गरेका खोक्रा नितिका कारण देशमा बेरोजगारी, भ्रष्टाचार र कुशासन बढेको उनले बताए । तल्लो तहदेखी माथिल्लो निकायसम्म बेथिती बढेको भन्दै उनले अहिले नेतृत्व गरिरहेका पार्टीबाट यसको न्युनिकरण हुन नसक्ने ठोकुवा पनि गरेका छन् । मुल राजनितिक पार्टीहरु नै धमिलो भएको भन्दै उनले विवेकशिल साझा पार्टीले यसको मुहानबाटै सफाई अभियानमा लागेको दावी गरेका छन् । अबको समुन्नत नेपाल विवेकशिल साझा पार्टीबाट मात्र सम्भव रहेको उनको भनाई थियो । यसैबिच विवेकशिल साझा पार्टीको जिल्ला समिति घोषणा पनि भएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष रविन्द्र मिश्रको उपस्थितीमा साझा पार्टी अर्घाखाँचीको संयोजक पशुपति पाण्डेलाई चयन गर्दै जिल्ला समिति घोषणा भएको हो ।
विवेकशील साझा पार्टीको अर्घाखाँची जिल्ला समिती घोषणा पछिको पत्रकार भेटघाट कार्यक्रममा विवेकशील साझा पार्टीका सयोंजक रबिन्द्र मिश्रले कोहि नभएकाहरुको लागि राज्य छ भन्ने प्रत्याभूति दिलाउन सक्नु पर्ने बताएका छन् । तर बर्तमान राजनितिक संस्कारमा त्यस्तो हुन नसकेको भन्दै उनले देशमा राजनितिक बिकल्प खोज्नुपर्ने बताएका हुन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया