

विभिन्न १३ देशमा लागेको प्रतिबन्ध अमेरिका प्रवेशका लागि फुकुवा





काठमाण्डाै
अमेरिकाले विभिन्न देशमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अमेरिकी विदेश विभागको यो निर्णयसँगै अब विभिन्न १३ देशका नागरिकहरु भिसाका लागि फेरि आवेदन दिन पाउने भएका छन् ।
यसअघि डोनाल्ड ट्रम्प प्रशासनले केही अफ्रिकी देश र धेरैजसो मुस्लिम देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । ईरान, लिबिया, सोमालिया, सुडान, सिरिया, यमन लगायत १३ देशबाट अमेरिका आउने यात्रीलाई प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनले घोषणाा गरेको थियो ।
पूर्व राष्ट्रपति ट्रम्पको निर्णयलाई उल्ट्याएर जो बाइडेनको प्रशासनले प्रतिबन्ध फुकुवाको घोषणा गरेको हो । सन् २०२० को जनवरी २० भन्दा अघि भिसा दिन अस्वीकार गरेकाहरूलाई फेरि आवेदन दिएर आवेदन शुल्क बुझाउन आग्रह गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यात्रा प्रतिबन्धका कारण ४० हजारभन्दा धेरै मानिसले अमेरिका प्रवेश गर्न पाएका थिएनन् ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया