

प्रधानमन्त्री ओलीले भने अध्यादेश फेल गर्ने आँट कसैको छ ?




काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिनुभएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमवार काठमाण्डौमा गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौती दिनुभएको हो । उहाँले एसिड आक्रमणविरुद्धको अध्यादेश पास हुन नदिन संसद् अवरुद्ध गरिएको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले संसदमा सांसदहरूले संसदीय मूल्य, मान्यता र मर्यादा विपरीत क्रियाकलाप गरेको आरोप लगाउनुभयो । मुद्दा लडेर संसद् पुनर्स्थापना गराएर संसदमा धामी नाच देखाएको आरोप प्रधानमन्त्रीको छ । उहाँले भन्नुभयो, ‘छलफल गर्दा माननीय भनेर अगाडि लेखेको हुन्छ । माननीय भनेर लेखिएजस्तै माननीयले बोल्ने भाषा जस्तै बोलौँ, छलफल गरौँ न । छलफल गरेको हो कि ? उफ्रेको हो कि ? धामी नाच हो कि ? पार्लियामेण्टमा । हिजो पहिलो दिन औपचारिक रूपमा पार्लियामेण्ट सुरु भएको छ , गुरुरुरु कुदेर आएर बेलमा आएर नारा लगाएका छन्, कराएका छन् । के बिग्रियो भन्दाखेरि एसिड आक्रमणविरुद्धको अध्यादेश पेस गर्यो सरकारले । फेल गरे भैगो नि सक्छौ भने । फेल गर्ने आँट कसैको छ ? फेल गर्ने आँट छैन, मन पनि छैन । त्यसकारण बेल घेरेर अध्यादेश पेस गर्न पाइँदैन भनेर नाराबाजी । प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भनेर मुद्दा लडेर आएपछि ताजुक देखियो ।’
पुनर्स्थापित संसद्लाई देश र नागरिकका समस्याका बारेमा छलफल गर्ने थलो बनाउनुपर्नेमा त्यसो हुन नसकेको र एसिड आक्रमणविरुद्धको कानुन पास हुन नदिन बैठक अवरुद्ध गरिएको आरोप प्रधानमन्त्रीले लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘लडाइँ गरेर, मुद्दा लडेर, यतिखेर चुनावमा जान्थ्यो देश । चुनावपछि राम्रो सरकार बन्थ्यो । त्यसलाई रोके मुद्दा हालेर । संसद् पुनर्स्थापना किन गर्या रहेछ भन्दा उफ्रिन, नारा लगाउन, कराउन, अध्यादेश पेस हुन नदिन, एसिड आक्रमणविरुद्धको कानुन पास हुन नदिन, त्यसका लागि पो बोलाएको रहेछ ।’


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया